दफा २७
सरकारी धनमाल वा सम्पत्तिको संरक्षण गर्नु र तोकिएको काममा मात्र लगाउनु पर्ने
(१) कार्यालयमा प्राप्त हुन आएको सम्पूर्ण नगदी जिन्सीको संरक्षणको प्रबन्ध मिलाउनु जिम्मेवार व्यक्तिको कर्तव्य हुनेछ । कार्यालयमा प्राप्त हुन आएको रकम तोकिएको काममा मात्र खर्च गर्न पाइनेछ । तोकिएको काम बाहेक अन्य काममा खर्च गरेको देखिएमा जिम्मेवार व्यक्तिबाट यस्तो खर्च रकम असुल उपर गरी विभागीय कारबाही समेत गर्न सकिनेछ ।
(२)व्यक्तिगत प्रयोगमा ल्याएको वा प्रयोग गर्न दिएको सरकारी जिन्सी, धनमाल र सम्पत्तिमा हुन गएको सबै प्रकारका क्षति र हानी नोक्सानी रकम प्रयोग गर्न दिने र लिने दुवैबाट असुल उपर गरिनेछ ।